FAQs Complain Problems

नगरको सक्षिप्त परिचय

सिरहा जिल्लाको पूर्वी भाग तथा पूर्व पश्चिम राजमार्गमा पर्ने यो नगरपालिका वि.स. २०३२ सालमा लहान वजार, लहान गोठ, सिगराही र मटियर्वा गाउँहरु मिलेर तत्कालिन लहान नगर पञ्चायत वनेको हो । स्थानीय तह पुनर्संरचनाका क्रममा वि.सं. २०७३ साल फागुन २३ गते साविक लहान नगरपालिका एवं साविक गाढा गाविस र गोविन्दपूरं मल्हनीया गाविस समेत समावेश गरीे लहान नगरपालिकाको स्थापना गरिएको हो । पुर्वाञ्चल विकास क्षेत्रको सिरहा जिल्लामा अवस्थित पुर्व पश्चिम राजमार्गको पुर्वी खण्डमा रहेको यस नगरपालिकालाई नेपालको पुर्वी क्षेत्रमा जाने यातायतका साधनहरुको ढोका भने पनि हुन्छ । लहान नगरपालिकाको पूर्वमा बलान नदी (सप्तरी जिल्ला), पश्चिममा धनगढीमाई नगरपालिका,दक्षिणमा सिमानामामा सखुवानान्कारकट्टी गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका र उत्तरमा उदयपुर जिल्ला पर्दछन्। हिन्दूहरूको बडादशैं, तिहारका साथै स्थानीय चाडपर्वमा सिरूवा, फागु, भातृ द्वितीया, चौठ चन्द्र, छठ, दीपावली, बडादिन प्रमुख छन्। नगरमा कोइरी, कायस्थ, कथवनियाँ, थारू, मुसलमान, मारवाडी, मुसहर, यादव, डुम, चमार, ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातजाति बसोबास गर्दै आइरहेका छन्। लहान बजारदेखि ४ कि.मि. पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको फूलवारी छ। उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ। उक्त ठाउँको एउटा रूखमा वर्षको एकचोटि वैशाख १ गते मात्र सुनाखरी फूल फुल्छ। उक्त फूल हेर्न नेपाल र भारतका हजारौं व्यक्ति पुग्छन्। त्यसैगरी, लहानदेखि ६ कि.मि. उत्तरमा पकडरिया गढ अवस्थित छ भने नगरमा विभिन्न मठ मन्दिर छन्।
कलेजहरू:- जे एस मुरारका बहुमुखी क्याम्पस ,रोयल सफ्टेक कलेज ,लहान मेरी चिल्ड्रेन कलेज,लहान इन्टरनेशनल कलेज इत्यादी
अस्पतालहरू:- सगरमाथा चौधरी आँखा अस्पताल ,रामप्रसाद रामप्रताप मेमोरियल अस्पताल ,सप्तर्षि अस्पताल ,स्टार हस्पिटल इत्यादी
हाल लहान नगरकार्यपालिकाको
जम्मा वडा संख्या: २४
जम्मा जनसंख्या: १,०२,०३१
समावेश गाविस: लहान नगरपालिका,गाढा र गोविन्दपुर मल्हानिया गा.वि.स
जम्मा क्षेत्रफल: १६७.१७ ( वर्ग कि.मी.)