लहान नगरपालिकाद्वारा सम्पादित प्रमुख विकास निर्माण तथा सेवा प्रवाहका कार्यहरू Lahan Nagarpalika

"हाम्रो लहान-सुन्दर, समुन्नत र सभ्य लहान" भन्ने मूल नाराका साथ लहान नगरपालिकाले नगरको समग्र पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा र प्रभावकारी नागरिक सेवा प्रवाहमा उल्लेखनीय कार्यहरू गर्दै आइरहेको छ। पारदर्शी प्रशासन, सरसफाइ अभियान तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूमार्फत नगरवासीको जीवनस्तर उकास्न नगरपालिका निरन्तर क्रियाशील छ।