यो जित होइन भारतलाइ जवाफ हो,हेर्न click गर्नुस

भारतलाई हाराउने नेपाली टोलीलाई बधाईको ओइरो

४ फागुन,काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुल सागको फुटवलमा भारतलाई हराएसँगै नेपाली फुटबल टिमलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
खेल जितेकोमा प्रधानमन्त्री केपी ओलीले नेपाली खेलाडीलाई बधाइ दिएका छन् । प्रधानमन्त्री ओलीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शीर उच्चो भएको बताएका छन् । उनले सबै नेपालीको शीर उच्च बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबैलाई बधाई दिएका हुन् ।
ओलीले यो जित खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुने भन्दा विजेता खेलाडीको सम्मानमा कुनै कमी नदिने पनि उल्लेख गरेका छन् ।
त्यस्तै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतमा साग उपाधि जिताउन सकेकोमा खेलाडीलाई बधाई दिएका छन् । त्यस्तै अमेरिकी राजदूतावासले पनि नेपाली फुटवल खेलाडी तथा नेपाली जनतालाई जितको बधाई दिएको छ ।
२३ वर्ष पछि साग फुटबलमा उपाधि जितेको नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई उसकिै भूमिमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।